पर्वतका अभिषेकले लुम्लेको सरकारी माविबाट एसइईमा कास्की टपे

पाेखरा | साउन १२, २०७९

पर्वतका अभिषेकले लुम्लेको सरकारी माविबाट एसइईमा कास्की टपे

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ।

 

सार्वजनिक नतिजाअनुसार सरकारी विद्यालयतर्फबाट कास्कीमा अभिषेक न्यौपानेले ४.० जीपीए ल्याउन सफल भएका छन् । न्यौपाने अन्नपूर्ण गाउँपालिका – ३ काँडेको बालमन्दिर माध्यमिक विद्यालयका छात्र हुन् । 

 

न्यौपानेले कक्षा ५ बाट बालमन्दिरमा अध्ययन गरेका हुन् । एसइई परीक्षाको दौरान प्रधानाध्यापक रहेका सुरेन्द्र देवकोटाले न्यौपानै अत्यन्तै सिर्जनशील विद्यार्थी रहेको जानकारी दिए ।

 

‘न्यौपाने अनुशासनको प्रतीक थिए’ हाल निवर्तमान प्रअ देवकोटाले भने ‘नाच्ने, गाउने र खेलकुदलगायत सबै क्षेत्रमा पोख्त थियो, उसलाई अलराउण्डर भन्न मिल्छ ।’

 

उनका अनुसार फुर्सद भयो कि पढिहाल्ने स्वभाव न्यौपानेको थिएन । एसइई परीक्षा अघिका कक्षामा न्यौपाने प्रायः चौथो हुने देवकोटाले बताए । 

 

न्यौपानेको स्थायी ठेगाना पर्वतकाे बियादी गाउँपालिका ४ हो ।  उनी कक्षा ४ सम्म पर्वतमै पढेका हुन् । काठमाण्डौंको बुढानिलकण्ठ स्कुलअन्तरगतको पब्लिक पार्टनरशीप प्रोग्राम (पीपीपी)अन्तरगत नाम निकालेर बालमन्दिरमा पढ्न आएको देवकोटाले जनाए । 

 

‘स्याङजा, पर्वत सीमा घर भएकाकारण न्यौपाने परिवारले आवासीय विद्यार्थीकारुपमा लुम्लेको बालमन्दिर रोजेका हुन्’ पूर्वप्रधानाध्यापक देवकोटाले भने ‘बालमन्दिर पढ्न पीपीपीमा नामै निकालेर आएका हुन् न्यौपाने ।’ 

 

यसपटकको नतीजाअनुसार कास्कीमा २ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये अर्का एक निजी विद्यालय डिज्नेल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल हुन् । रितिका कक्षा १ देखि नै डिज्नेकी विद्यार्थी हुन् । 

 

कास्कीको अन्य नतीजा विवरण टेबलमा उल्लेख गरिएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्